एकैदिन ६७ सयले बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

एकैदिन ६७ सयले बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ बढेको छ । आज एकैदिन सुन तोलामा ६ हजार ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदी तोलामा १४५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५६८.०७ अमेरिकी डलर र चाँदी ७२.१७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

https://notebazar.com/news/2026/03/30/152719/

प्रकाशित मिति: १७ चैत २०८२, मंगलबार ११ : ०२ बजे