तोलामा ३६ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

तोलामा ३६ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आज एकै दिन सुन तोलामा ३ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदी तोलामा १०५ रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ४८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६६.३५ अमेरिकी डलर र चाँदी ६१.१३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १० असार २०८३, बुधबार १० : ४६ बजे