मुगुमा दुई पटक भूकम्पको धक्का महसुस

मुगुमा दुई पटक भूकम्पको धक्का महसुस

काठमाडौँ । मुगु जिल्लालाई केन्द्र बिन्दु बनाएर आज बिहान दुई पटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १:५१ र ४:२८ बजे भूकम्प गएको हो ।

केन्द्रका अनुसार बिहान १:५१ बजे ४.५ म्याग्निच्युड र ४:२८ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

प्रकाशित मिति: ३१ भदौ २०८३, बुधबार ०६ : ५३ बजे