लाभांश प्रस्ताव पारित गर्न छिमेक लघुवित्तले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

लाभांश प्रस्ताव पारित गर्न छिमेक लघुवित्तले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पुस ६ गतेका लागि २५ औँ वार्षिक साधारण सभा गर्ने भएको हो । सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ११.९६३१ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १३.०३६९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै सभाले अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर २२ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागि हुन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार ११ : ०३ बजे