काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ। नेप्सेमा एनआईसी एशिया बैंक र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन भएको हो।
एनआईसी एशिया बैंकको ५० प्रतिशत हकप्रद शेयर र ग्लोबल आइएमई लघुवित्तको ६ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजपश्चात एनआईसी एशिया बैंकको सेयरमूल्य २५० रुपैयाँ कायम भएको छ भने ग्लोबल आइएमई लघुवित्तको १ हजार ४८ रुपैयाँ ११ पैसा कायम भएको छ।
अघिल्लो कारोबार दिन अर्थात बिहीबार दोस्रो बजारमा एनआईसी एशिया बैंकको शेयर प्रतिकित्ता ३२५ रुपैयाँ ग्लोबल आइएमई लघुवित्तको सेयर प्रतिकित्ता १ हजार १११ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको हो।
