कोरोना संक्रमणबाट लड्न सरकारले गरेको तीन साताव्यापी लकडाउनको सत्रौं दिन चैत २७ गते बिहीबार निजी क्षेत्रको प्रभु, नबिल, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई, एनआईसी एशिया, एनएमबि र एनसीसी बैंकले आफ्ना विभिन्न शाखा कार्यालय मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको छन्।
बैंकहरुले बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा काउन्टर खुला गरि सेवा प्रदान गर्ने भएको हो। यसका लागि बैंकले खुला हुने शाखा र स्थान, सम्पर्क व्यक्ति र मोबाइल नम्बर उपलब्ध गराएको छ।
साथै बैंकहरुले लकडाउनको समयमा ग्राहकहरुलाई घरमै बसि डिजिटल बैंकिङ्ग (मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा एटिएम) प्रयोग गरि कारोबार गर्न समेत आग्रह गरेको छन्।
साथै यो विषम परिस्थितिमा एक बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा तथा कनेक्ट आईपीएस सेवाबाट रकम ट्रान्सफर गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ।
- प्रभु बैंकले ४४ शाखा मार्फत सेवा दिँदै
- ग्लोबल आईएमई बैंकको बिहीबर खोल्दैछ यी ४७ शाखा, शुक्रबार २९ खुल्ने
- नबिल बैंकको ५२ शाखा खुला
- नेपाल इन्भेष्टमेन्ट बैंकको उपत्यकाको १० सहित ५६ शाखा खुला रहने
- एनआईसी एशियाको ६५ शाखा खुला रहने
- एनएमबि बैंकले ५५ शाखा मार्फत सेवा दिँदै
- एनसीसी बैंकको यी ६१ शाखा मार्फत हुँदैछ कारोबार
प्रतिक्रिया