वाग्मती प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशनको तयारी

0
Shares

वागमती प्रदेशको प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशनको हाल तयारी भइरहेको छ ।

प्रदेश सभाका सचिव कृष्णहरि खड्काले कोरोनाको सङ्क्रमणलाई मध्यनजर राखी बजेट अधिवेशन गर्दा प्रदेश सदस्यबीच सामाजिक दूरी कायम हुने गरी बैठक कक्षभित्र टेबल कुर्सी र माइकको व्यवस्था भइरहेको बताएका छन्।

सचिव खड्काले अधिवेशन अवधिभर प्रदेशसभा सदस्यलाई मूल प्रवेशद्वारदेखि ह्यान्ड स्यानेटाइजर प्रयोग गराई मास्क, पञ्जा लगाउन दिने र थर्मलगनबाट तापक्रम नाप्ने व्यवस्था गरिने बताए।

उनले सम्भवतः आगामी जेठ महिनाको पहिलो हप्ता शुरु हुने अधिवेशनलाई ध्यान दिई व्यवस्थापनको काम भइरहेको र यही वैशाख महिनाभित्र तयारी पूरा हुने जानकारी दिए।

प्रकाशित मिति: २४ वैशाख २०७७, बुधबार  २० : १७ बजे