दोहोरो बिल जारी गर्ने दुई सहित चार पसल कारवाहीमा

0
Shares

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा खाद्य पदार्थलाई बढी मूल्यमा बिक्री वितरण गरेको र दोहोरो बिल जारी गरेको भेटिएपछि दुई बिक्रेतालाई कारवाही स्वरुप जरिवाना गरिएको छ ।

दोहोरो बिल जारी गरेवापत दुईलाई दर्ता नगरि मार्ट सञ्चालन गर्ने एक तथा लेबल नराखि मासु बिक्री गर्ने एक मासु पसलाई पनि आज कारवाही गरिएको जनाइएको छ।

माकलबारी स्थित राजभण्डारी स्टोर्स र अम्बे ट्रेड सप्लायर्सलाई तीन।तीन लाखका दरले जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए उनका अनुसार दुवै पसलमा प्यान र भ्याट बिल हुँदा पनि साधा बिल जारी गरिएको भेटिएपछि जरिवाना गरिएको हो ।

दर्ता नगरी मार्ट सञ्चालन गरेको भेटिएपछि शंखमूलस्थित बेष्ट किनमेल मार्टलाई पनि ५० हजार जरिवाना गरिएको छ। त्यस्तै आज नै बालाजुस्थित भ्याली कोल्ड स्टोर्सले लेवल नराखी मासु बिक्री गरेको भन्दै तीन दिनभित्र आवश्यक कागजपत्र लिएर विभागमा आउन निर्देशन दिइएको उनले जानकारी दिए।

प्रकाशित मिति: २५ वैशाख २०७७, बिहीबार  १९ : १० बजे