समाजवादी पार्टीले नै दियो सांसद सरिता गिरीलाई कारवाही गर्ने चेतावनी

0
Shares

समाजवादी पार्टीकी समानुपातिक सांसद सरिता गिरीलाई उनकै पार्टीले कारवाही गर्ने चेतावनी दिएको छ।

सांसद गिरीले बुधबार सरकारले प्रस्ततु गरेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन खारेज गर्न प्रस्ताव दर्ता गरेपछि पार्टीले फिर्ता नलिए कारबाही गरिने बताएको हो।

समाजवादी पार्टीले गिरीले दर्ता गराएको उक्त संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिएमा कारबाही गर्ने चेतावनी दिएको हो । समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियाले पार्टीसँग छलफल नगरि तथा गिरीले संसदीय दलको निर्देशन बिना संविधान संशोधन विधेयकमाथि दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने बताए।

संघीय संसद सचिवालयमा दर्ता गराएको संशोधन प्रस्तावमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गरेर नेपालको अद्याविधक नक्सा अनुसारको नक्सा राख्ने बुँदा हटाउनुपर्ने उनको माग छ ।

सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेत समेटेर नयाँ नक्सा सार्वजनिक गरेको विषयप्रति सांसद गिरीले संसदमै असहमति राख्दै आएकी थिइन्। संसद बैठकमा गिरीले भारतलाई नसोधी नेपालले नक्सा जारी गरेकाले त्यसको औचित्य नभएको भन्ने विवादित विवादित बयान दिएकी थिइन् ।

सरकारले ल्याएको संविधान संशोधनसम्बन्धी विषयमा सबै दलले सैद्धान्तिक सहमती गरेर मंगलबार राष्ट्रियता विषयमा ऐतिहासिक एकता प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: २८ जेठ २०७७, बुधबार  १९ : ३५ बजे