गुल्मीका स्थानीय तहले प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालसँग पिसिआर रिपोर्ट आउन ढिलाइ हुँदा संक्रमण फैलिने डर बढी भएको, प्रदेश सरकारबाट आवश्यक स्वास्थ्य सामग्री आउन नसकेको, पिसिआर तथा आरडिटी किट पर्याप्त हुन नसकेको जस्ता गुनासा राखेका छन्।
शुक्रबार अनुगमन गर्न जिल्लाका सत्यवती, कालीगण्डकी र चन्द्रकोट गाउँपालिकाका क्वारेन्टिन र आइसोलेशन कक्ष अनुगमन गन पुगेका प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालसँग गुल्मीका स्थानीय तहसँग उक्त कुरा राखेका हुन्।
शुक्रबार क्वारेन्टिनको अनुगमन गरी मन्त्री बरालले स्थानीय स्रोतसाधन परिचालन गरी बनाइएका क्वारेन्टाइन कक्ष अनुगमन गरि क्वारेन्टाइनकक्षमा भौतिक दूरी, शौचालय तथा क्वारेन्टिनमा बस्ने नागरिकका समस्याका बारेमा चनाखो बन्न स्थानीय तहलाई परामर्श तथा सुझाव दिएका थिए।
मन्त्री बरालले स्थानीय तहसँग छलफलका क्रममा जिल्लामा कोरोना रोकथामका लागि कुनै पनि हालतमा आर्थिक समस्या हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका छन्।
मन्त्री बराललाई गुल्मीमा क्वारेन्टिनको अवस्था, व्यवस्थापन एवं कोरोना रोकथाम तथा नियन्त्रणका लागि आइपरेका समस्याबारे प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिएका थिए।
प्रतिक्रिया