नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
नेप्सेका अनुसार मञ्जुश्री फाइनान्स र युनाइटेड फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको बोनस सूचीकृत भएको हो।
मञ्जुश्री फाइनान्सको १४०,७१०.५४ कित्ता बोनस शेयर सूचिकृत भएको हो । त्यस्तै युनाइटेड फाइनान्सको ३०३,१५५.७२ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट १.७५% बोनस वितरण गरेको थियो भने युनाइटेड फाइनान्सले ३ प्रतिशत बोनस वितरण गरेको थियो।
शेयरधनीको डिम्याट खातामा शेयर आएपछि उक्त शेयर नेप्सेमा किनबेच गर्न सकिनेछ ।
प्रतिक्रिया