‘भिभो वाई टुबेल एस’ को प्रि बुकिङ्ग अफर

0
Shares

भिभो नेपालले वाई टुबेल एसको लञ्चको अवसरमा आफ्ना ग्राहकहरुको लागि प्रि बुकिङ्ग स्किम ल्याएको छ ।

यस स्किम अन्तर्गत ग्राहकहरुले प्रि बुकिङ्ग अन्तर्गत १ हजार बराबरको बुकिङ्ग गर्नुपर्ने हुन्छ । बुकिङ्ग गरेका ग्राहकहरुले फेब्ररी १४ मा वाई टुबेल एस मोवाईल प्राप्त गर्न सक्नेछन् भने बुकिङ्ग गर्नेले १ हजार रुपैयाँ छुट रकम पाउनेछन् । साथै त्यस्ता ग्राहकहरु अनलाईनद्धारा लक्की ड्रमा सहभागी हुन पाउनेछन् ।

लक्की ड्र मार्फत वाई टुबेल एस तीनजनाले जित्न सक्नेछन् भने १०० जनाले २ हजार ५०० क्यासब्याक पाउनेछन् साथै ५०० जनाले एक महिनाको लागि स्क्रिन रिप्लेसमेन्टको वारेन्टी पाउनेछन् ।

यसको मूख्य विशेषता भनेको साईड फिन्गर प्रिन्ट, ५ हजार एमएएच व्याट्रि, कलर तथा डिजाइन रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।