सन् २०२५ सम्ममा टेस्लाको प्रति शेयर मूल्य साढे तीन लाख पुग्ने


संसार कै दोस्रो धनी व्यक्ति एलन मस्कको लगानी रहेको कम्पनी टेस्लाको प्रतिकित्ता शेयर मूल्य साढे तीन लाख रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ ।

विश्वभरी कोरोना महामारी हुँदा आर्थिक गतिविधि ठप्प रहेपनि संसारका केही व्यक्ति तथा कम्पनीहरुको सम्पत्ती निकै बढेको छ । यसको मूख्य कारण भनेको धितोपत्रको दोस्रो बजारमा आएको सुधार हो । कोरोनाका कारण अन्य आर्थिक क्षेत्र ठप्प भएपनि दुनियाँका शेयर बजार नयाँ उचाई बनाउने दौडमा देखिए । फलस्वरुप शेयर बजारमा आएको सुधारले धेरै कम्पनी तथा ब्यक्तिलाई धनी बनाएको छ ।

संसारकै दोस्रो धनी व्यक्ति एलन मस्कको कम्पनी टेस्लाको शेयर मूल्य एक वर्षमा नै ६७१ प्रतिशतले बढेर प्रतिकित्ता ६७० अमेरिकी डलर अर्थात ७७ हजार ४ सय ३८ रुपैयाँ पुगेको छ । एआरके इनभेष्टमेन्टकी प्रमूख कार्यकारी अधिकृत क्यथ्रिन उडका अनुसार टेस्ला कम्पनीको शेयर मूल्य यतिमै सिमित रहदैन । सान २०२५ सम्ममा टेस्ला कम्पनीको प्रतिकित्ता शेयर मूल्य ३ हजार अमेरिकी डलर अर्थात साढे ३ लाख रुपैयाँसम्म पुग्ने अनुमान उडको रहेको छ ।

तर, यो वर्ष टेस्लाको शेयर मूल्यमा गिरावट आएको छ । सन् २०२१ मा टेस्लाको शेयर मूल्य ८ प्रतिशतले घटिसकेको छ । नास्ड्याक कम्पोजिट इण्डेक्समा टेस्ला अण्डर पर्फमको अवस्थामा छ । एआरकेले आफ्नो अनुमानमा बिटक्वाईनको विषयलाई भने जोडिएको छैन । टेस्लाले १५० करोड डलरको बिटक्वाइन खरिद गरेको छ । बिटक्वाइनमा भएको लगानीले कम्पनीको शेयरमूल्यमा कस्तो प्रभाव पर्छ भन्ने विषय पनि यो आकलनमा समावेश गरीएको छैन् ।

एआरुकेका अनुसार टेस्ला कम्पनीको शेयर मूल्य घट्ने सम्भावना २५ प्रतिशत मात्र रहेको छ । त्यसैले पनि कम्पनीको शेयर मूल्ल्य घट्दो सम्भावना भन्दा पनि बढ्ने नै धेरै देखिन्छ । यसले कम्पनीको मूल्य बढेको खण्डमा १५ सयसम्म पुग्ने देखिन्छ । धितोपत्र बजारमा बुल ट्रण्डमा रहेको अवस्थामा टेस्लाको प्रतिकित्ता शेयर मूल्य ४ हजारसम्म पुग्ने अनुमान गरीएको छ । एआरुकेका अनुसार खराब अवस्थामा पनि कम्पनीले ५० लाख कार बिक्री गर्न सक्ने अनुमान गरेको छ । कम्पनीको उत्पादनमा माग बढेको अवस्थामा एक करोडसम्म कार बिक्री हुने एआरकेको अनुमान रहेको छ ।

एआरके इन्भेटमेन्ट म्यानेजमेन्ट एलएलसीका अनुसार आगामी ५ वर्षको अवधिमा टेस्लाले पुर्ण स्वचालीक कारको बिक्री वितरण सुरु गर्ने सम्भावना ५० प्रतिशत रहेको छ । टेस्ला रोबोटट्याक्सीजमा सफल भएको खण्डमा उत्पादन क्षमता वृद्धिका लागि थप पुँजी छु्ट्याउनेछ । अनुमान अनुसार कम्पनीले आफ्ना ६० प्रतिशत उत्पादनमा अटोपाइलटको व्यवस्था गरेको खण्डमा सान २०२५ सम्म थप १६ हजार करोड डलर पूँजी निर्माण गर्नेछ ।

एआरकेका अनुसार पूँजी बजार घट्दो क्रममा रहेको अवस्थामा पनि कम्पनीले मानव ड्राइभर नचाहिने कारहरु बिक्रीमा ल्याउने भएकाले पनि नाफा वढ्ने निश्चित छ । यो अवस्थामा कम्पनीको शेयर मूल्य अनुमान गरिए भन्दा ५ सय अमेरिकी डलरले बढ्नेछ । त्यसैले पनि आगामी दिन टेस्लाको शेयर मूल्य एतिहासीक हुनेमा दुइमत छैन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।