सानिमा लाइफको आइपीओलाई ‘ट्रिपल बि माइनस रेटिङ’

सानिमा लाइफको आइपीओलाई ‘ट्रिपल बि माइनस रेटिङ’

सानिमा लाइफ इन्स्योरेन्सले निष्काशन गर्न लागेको प्राथमिक शेयर (आइपीओ) लाई केयर रेटिङ नेपालले ‘ट्रिपल बि माइनस रेटिङ’ दिएको छ ।

इन्स्योरेन्सले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँका दरले ६० लाख कित्ता अर्थात ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नका लागि केयर रेटिङ नेपालबाट क्रेडिट रेटिङ्ग गराएको हो । केयर रेटिङ नेपालले दिएको ’ट्रिपल बि माइनस रेटिङ्ग’ ले कम्पनीको आधारभुत अवस्था मध्यम रहेको संकेत गर्दछ ।

इन्स्योरेन्सले आइपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरिसकेको छ । आइपीओ निष्काशन गर्न इन्स्योरेन्सले धितोपत्र बोर्डमा आवेदन दिन भने बाँकी छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० चैत २०७७, सोमबार १० : ४९ बजे