सानिमा लाईफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

0
Shares

सानिमा लाइफ इन्स्योरेन्स र नेपाल क्लियरिङ्ग हाउसबीच नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा सानिमा लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत अगम मुखिया र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सानिमा लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपिआई सँग जोडेपछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत लगानी ट्रान्सफर सम्बन्धी कारोबारहरु रियल–टाइम तथा नन–रियलटाइममा आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।

साथै सानिमा लाइफका बीमितहरुले आफ्नो बीमा (प्रिमियम) शूल्कको अन्लाईन भुक्तानी कनेक्ट आइपिएसको वेब, मोबाईल एप तथा सदस्य बैंक वित्तिय संस्थाहरुको शाखाबाट गर्दै नै आएका छन् ।

वि. सं. २०७४ देखि संचालनमा रहेको सानिमा लाइफ इन्स्योरेन्स लि., सानिमा बैंक तथा गैर आवासीय नेपालीहरू (एनआरएन) द्वारा प्रवद्र्धित कम्पनी हो । सानिमा लाइफ नेपालको जीवन बीमा क्षेत्रमा एक विश्वसनीय नाम हो र एनसीएचएलसँगको यस साझेदारीले डिजिटल इन्स्योरेन्स सेवाहरुमा पनि आफ्नो विशेष उपस्थिति गर्न मद्दत पुग्ने अपेक्षा गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।