सप्तकोशी डेभलपमेन्ट बैंकले शुरू गर्यो स्मार्ट टेलर सेवा

0
Shares

सप्तकोशी डेभलपमेन्ट बैंकले आजबाट सबैं कार्यालयमा एसकेडिविएल स्मार्ट टेलर सेवा सञ्चालनमा ल्याएको छ।

यस सेवाबाट सप्तकोशी बैंकको मोवाइल बैंकिङ सेवा लिएका व्यक्तिले चेक विना नै रकम भुक्तानी प्राप्त गर्नेछन् । जसकालागि ग्राहकले कार्यालयको नगद काउण्टरमा रहेको क्यूआर स्क्यान गर्नुपर्नेछ ।

बैंकले आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्ने उद्देश्यले यो सेवा प्रारभ्भ गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत नविन सुवेदीले बताए ।

महामारीको समयमा सूचना प्रविधिको अधिक प्रयोग गरी धेरै कार्य विद्युतीय माध्यमबाट गर्ने बैंकको लक्ष्य रहेको छ । साथै यसबाट हुनसक्ने जोखिम तथा दुरूपयोग प्रति समेत बैंक चनाखो रहेको छ । यस सेवाबाट ग्राहकको समयको बचत हुने र बैंकको सेवा अझ विश्वसनिय तथा भरपर्दो हुने बैंकको भनाई छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।