सिद्धार्थ र लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

0
Shares

सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (बिहीबार)अन्तिम दिन रहेको छ । 
 
लुम्बिनी जनरल इन्स्योरेन्सले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि जेठ १४ र सिद्धार्थ इन्स्योरेन्सले जेठ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेका छन् ।
 
यस अनुसार जेठ १३ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहन आउने शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
 
लुम्बिनी जनरल इन्स्योरेन्सले भचुर्अल माध्यमबाट जेठ २७ गते शुक्रबार साधारण सभा आह्वान गरेको छ । सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्दैछ । 
 
सिद्धार्थ इन्स्योरेन्सले भचुर्अल माध्यमबाट जेठ २८ गते कम्पनीको १९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूूँजीको १२ प्रतिशत बोनस शेयर र ३.७८९४ प्रतिशत नगद लाभांश र वितरण गर्ने प्रस्ताव अनुमोदन गर्दैछ ।
 
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।