माई खोला हाईड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत


माई खोला हाईड्रोपावर लिमिटेडको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ३९ लाख २१ हजार ५६८ कित्ता साधारण सेयर सूचीकृत भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुमा वितरण गरिएको ३ लाख ९२ हजार १५७ कित्ता, सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा वितरण गरिएको (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) १५ लाख २९ हजार ४११ कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको २० लाख कित्ता सेयर गरी कूल ३९ लाख २१ हजार ५६८ कित्ता साधारण सेयर सूचीकृत भएको हो । कम्पनीले प्रभु क्यापिटल लिमिटेडमार्फत आइपीओ बिक्री खुला गरेको थियो ।

नेप्सेले पहिलो कारोबारको लागि न्यूनतम १११ रुपैयाँ ६७ पैसा देखि ३३५ रुपैयाँ ०१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सेयर सूचिकृत भएको दोस्रो दिन अर्थात मंगलबारवाट यस स्टक एक्सचेञ्ज लिमिटेडमा उक्त कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार सुरु हुनेछ ।

नेप्सेले कम्पनीको सेयर कारोबारका लागि एमकेएचएल कारोबार संकेत प्रदान गरेको छ । सूचीकरण पश्चात् दिनुपर्ने RTS सेवा प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौंबाट हुने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।