आरएमडीसी लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत


आरएमडीसी लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तको चुक्ता पुँजीको २६ प्रतिशतले हुन आउने ३२ लाख २६ हजार ७७२ दशमलव ४५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको चुक्ता पुँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार ३२७ रुपैयाँ रहेको छ । लघुवित्तले चैत १० गते सम्पन्न भएको वार्षिक साधारण सभाका लागि चैत १ गतेदेखि चैत १० गते बुकक्लोज गरेको थियो ।

यसअनुसार फागुन ३० गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र सो बोनस पाउनेछन् । बोनस पाउन योग्य सम्बन्धीत सेयरधनीले उक्त बोनस सेयर डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।