नेप्सेमा झिनो अंकको गिरावट, कारोबार तीन अर्बमा समेटिँदा शिवमको सर्वाधिक

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा झिनो गिरावट आएको छ । पछिल्ला ४ कारोबार दिनदेखि लगातार बढेको बजारमा सूचक पाँचौं कारोबार दिन सामान्य अंकले घटेको हो । चार दिनमा ८०.३१ अंकले नेप्से बढेकाे थियाे ।

नेप्से ओरालो लागेपनि बजारमा ३ अर्ब माथिको कारोबार भएको छ । चौध करोड ३१ लाख माथिको कारोबारमा हुँदै यसदिन शिवम् सिमेन्टको शीर्ष कारोबार भएको छ ।

नेप्से परिसूचक १.३१ अंकले घट्दा २१६३.९२ विन्दुमा बन्द हुन पुगेको हो । यसदिन २६४ कम्पनीका ८४ लाख २४ हजार १०८ कित्ता सेयर ५४ हजार ९५४ वटा संख्यामा खरिद बित्री हुँदा ३ अर्ब ५ करोड २४ लाख १० हजार ६५९ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ३४ करोडको शेयर खरिदबिक्री भएको थियो ।

कारोबारमा आएका १३ उपसमूहमध्ये ५ वटा परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । आज ब्यापार र उत्पादमूलक सूचकमा उछाल छाएको छ। ब्यापार सर्वाधिक ६.३५ प्रतिशतले बढेको छ भने उत्पादनमूलक सूचक १.३९ प्रतिशतले बढेको छ । कारोबारमा आएका म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक आज १ प्रतिशतभन्दा बढी घटेको छ । 

साताको अन्तिम दिन शिवम् सिमेन्ट्सको सेयर मूल्य घटेर उच्च कारोबार भएको छ । लगानीकर्ताको आकर्षण कायमै रहँदा कम्पनीको चौध करोड ३१ लाख माथिको कारोबार भएको छ ।

त्यस्तै, सोल्टी होटल ९ करोड ३४ लाख, हिमालयन लाइफ इन्स्योरेन्सको ८ करोड ८२ लाख, ज्योति विकास बैंकको ८ करोड ३४ लाख र नबिल बैंकको ७ करोड ७७ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ । हिमालयन डिष्टलरी, साल्ट ट्रेडिङ, युनाईटेड अजोड, कुमारी बैंक र नेपाल लाइफ इन्स्योरेन्स शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् ।

नेप्से घटेपनि दुई स्टकको सेयर सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी र लिबर्टी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यसैगरी, यस दिन अप्पर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य ८२० प्रतिशत, बोटर्स नेपाल तराइ ७६७ र दोल्ती पावर कम्पनीको ६३१ प्रतिशतले बढेको छ।

यसदिन सिटिजन्स म्युचुअल फण्ड २ र कुमारी इक्विटी फण्डको इकाईमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाईमूल्य ८.५५ प्रतिशत, सामुदायिक लघुवित्तको ५.१५, मेगा म्युचुअल फण्ड १ को इकाईमूल्य ५.१४ प्रतिशतले घटेको छ ।

बुधबारको कारोबारपछि कुल बजार पुँजीकरण १ अर्ब ९३ करोड ४० लाख रुपैयाँले घटेर ३१ खर्ब ७९ अर्ब ९५ करोड ५९ लाख रुपैयाँमा झरेको छ । बुधबार पुँजीकरण ३१ खर्ब ८१ अर्ब ८८ करोड ९९ लाख रुपैयाँमा समेटिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।