सुनको भाउ घट्यो, सोमबार तोलाको कति ?


सोमबार सुनको भाउ तोलाको ३ सय रुपैयाँले घटेको छ । आइतबार ३ सय रुपैयाँले बढेको सुनको भाउ आज ३ सय रुपैयाँले नै घटेको हो ।

आज सुनको भाउ १ लाख १२ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाला सुनको भाउ १ लाख १२ हजार ९ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै आज तेजावी सुनको मूल्य १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको भाउ १ लाख १२ हजार ३५० रुपैयाँ रहेको थियो । साथै, आइतबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १४ सय ५० रुपैयाँ कायम भएको छ । चाँदी आइतबार १४ सय ५५ रुपैयाँ निर्धारण गरिएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९५४ दशमलव ५१ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २४ दशमलव २४ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।