मल्टीपर्पस फाइनान्सले भदौ १० गतदेखि हकप्रद निष्काशन गर्ने


मल्टीपर्पस फाइनान्सले साउन १० गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । फाइनान्सले चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको १ः ०.३५ को अनुपात अर्थात ३५ प्रतिशतले हुन आउने १५ करोड ८२ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको हो ।

फाइनान्सले साधारण सभा प्रयोजनार्थ साउन १२ गते बुकक्लोज तोकेको थियो । बुकक्लोज अनुसार साउन ११ गते मंगलबारसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयरमा भदौ १० गतेदेखि भदौ ३१ गतेसम्म आवेदन दिन सकिने छ । हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। उक्त रेटिङ्ग २०८० फागुन २५ गतेसम्म मात्र लागु हुने छ ।

आवेदकले मुक्तिनाथ क्यापिटल, मल्टीपर्पस फाइनान्स र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यस्तै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।

फाइनान्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हकप्रद निष्काशन पश्चात फाइनान्सको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ । फाइनान्सले हकप्रद शेयर निष्काशन गरी संकलन गरेको रकमले नेपाल राष्ट्र बैंकमा मौज्दात कायम गर्ने, कर्जा तथा लगानी प्रवाह गर्ने , शाखा विस्तार गर्ने र सरकारी ऋणपत्र खरिद गर्न प्रयोग गर्न प्रयोग गर्ने छ। उक्त फाइनान्सको रजिष्टर्ड कार्यालय सप्तरीमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।