अपि पावरको हकप्रद बिक्री खुला, असार २१ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउने

अपि पावरको हकप्रद बिक्री खुला, असार २१ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउने

अपि पावर कम्पनीले चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले १०ः४ अनुपातमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गरेको हो ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा जारी भएको सेयरमा असार २१ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । कम्पनीले हकप्रद सेयर जारी गर्न असार २२ गते बुकक्लोज गरिसकेको छ ।

हकप्रद सेयरमा लगानीकर्ताले मेरो सेयरको मोबाइल एप तथा मेरो सेयरको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् । यसका अलवा धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र आवेदन दिन सकिनेछ ।

साथै अपि पावरको कार्यालय थापाथली तथा हकप्रदमा मुक्तिनाथ क्यापिटलबाट पनि आवेदन दिन सकिने छ । हकप्रद सेयरमा लगानीकर्ताले आज साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयर बिक्रीपछि ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी कायम हुनेछ । कम्पनीले अहिले ४० मेगावाटको अप्पर चमेलीया जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

कम्पनीले हालसम्म ८.५ मेगावाटको नौगढ गढ सानो जलविद्युत आयोजना, ८ मेगावाटको अप्पर नौगढ गढ जलविद्युत आयेजना, ४ मेगावाटको चन्द्रनिगाहपुर सोलार आयोजना, १ मेगावाटको ढल्केबर सोलार आयोजना र १ मेगावाटको सिमरा सोलार आयोजना सञ्चालन गरिरहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ३१ साउन २०८०, बुधबार ०७ : ०७ बजे