हिमालयन ८०–२० को इकाईमा आवेदन दिने म्याद थप


हिमालयन क्यापिटलले निष्काशन गरेको “हिमालयन ८०–२०” को इकाइमा आवेदन दिने म्याद थप गरिएको छ । फण्डको इकाईका लागि अब भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ। क्यापिटलले प्रति इकाई अंकित मूल्य १० रुपैयाँको दरले १० करोड इकाईले हुन आउने कुल रकम एक अर्ब रुपैयाँ बराबरको इकाई निष्काशन गरेको थियो ।

जस मध्ये न्यूनतम एक करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ (पन्ध्र) प्रतिशत इकाईहरु कोष प्रवद्र्घक, हिमालयन बैंक लिमिटेडलाई सुरक्षित राखीएको छ । बाँकी न्यूनतम आठ करोड पचास लाख इकाईहरु सार्वजनिक रुपमा निष्कासन गरेको हो ।

उक्त योजनामा भदौ १५ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिने छ । उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो एक बन्दमुखी योजना हो । १० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर एपबाट पनि आवेदन दिन सक्नेछन्। फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

यस “हिमालयन ८०–२०” नामक योजनाको कुल लगानी मध्ये ८०% पुँजी तथा वित्त बजारका दीर्घकालीन लगानी मार्फत कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २०% पुंजी तथा वित्त बजारको उतार चढावमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने क्यापिटलले जनाएको छ ।

नेपाली पुँजी बजारमा नविनतम लगानी अभ्यास तथा अनुशासित लगानी व्यवस्थापन गरि उपयुक्त प्रतिफल प्रदान गर्ने उद्देश्यसहित यस योजनाको लगानी व्यवस्थापन हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ । सन १९९३ मा स्थापना भई बिगत ३० वर्षदेखि आफ्ना ग्राहक वर्गमा विभिन्न सेवा प्रदान गर्दै आएको हिमालयन बैंक देशको अग्रणी वित्तिय संस्था मध्ये एक हो । कोष व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडले यस सामुहिक लगानी कोषको व्यवस्थापन राष्ट्रिय तथा अन्तराष्ट्रिय पुँजी बजारको नविनतम तथा उत्तम अभ्यासहरू अपनाई गर्ने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।