नेशनल हाइड्रोले १३ लाख ३६ हजार कित्ता हकप्रद लिलामीमा बिक्री गर्दै


नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले १३ लाख ३६ हजार ७४२ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले यसअघि जारी गरेकाे ५० प्रतिशत हकप्रदमा अवितरित भएकाे सर्वसाधारण तर्फकाे उक्त सेयर लिलाम भदाै १३ देखि बोलकबोलद्वारा बिक्री गर्न लागेकाे हाे ।

उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ता, कम्पनी, संघ संस्थाहरुले भदौ १३ देखि भदौ २४ गतेसम्म आवेदन दिन सक्नेछन् । लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । साे मूल्यलाइ आधार मानी प्रतिस्पर्धी मूल्यमा आफूले लिन चाहेको सेयर संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट उल्लेख गरी बोलपत्र आवेदन फाराम बुझाउनु पर्नेछ । बोलपत्र आवेदन फाराम मुक्तिनाथ क्यापिटल लिमिटेड, नक्साल काठमाण्डौंमा बुझाउन सकिने छ ।

यसैगरी मुक्तिनाथ विकास बैंक लिमिटेड, शाखा कार्यालयहरु ठिमी भक्तपुर, कुमारीपाटी–ललितपुर, इटहरी, इलाम, पृथ्वीचोक-पोखरा, बुटवल, विराटनगर, वीरगञ्ज, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुरबाट पनि लिलामीका लागि बोलपत्र बुझाउन सक्नेछन् ।

अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइने छ । न्यूनतम मूल्य भन्दा कम मूल्य अंकित गरि पेश गरेको आवेदन स्वतः रद्द हुनेछ । सेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम एक सय कित्ता वा अधिकतम १३ लाख ३६ हजार ७४२ कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ ।

कम्पनीले यसअघि असार २९ देखि साउन १८ गतेसम्मको समय दिई विद्यमान लगानीकर्ताका लागि १ः०.५ कित्ता अनुपातमा ८२ लाख २१ हजार ४५९ कित्ता हकप्रद सेयरको बिक्री गरेकाे थियाे । सो समयमा निष्काशित सेयरमध्ये ६८ लाख ८४ हजार ७१७ कित्ता खरिदका लागि मात्र आवेदन परेको थियो । कम्पनीले उक्त कित्ता सेयर बाँडफाँड समेत गरिसकेको छ । कम्पनीले बाँडफाँड गरेर बाँकी रहेको १३ लाख ३६ हजार ७४२ कित्ता सेयर आम सर्वसाधारणलाई लिलाम बढाबढमा बिक्री खुलाएको हाे ।

कम्पनीको सेयर मंगबलार दोस्रो बजारमा प्रतिकित्ता १४७ रुपैयाँमा दोस्रो बजारमा खरिद बिक्री भैरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।