दुई विकास बैंकको २ अर्बको ऋणपत्र नेप्सेमा सूचीकृत


दुई विकास बैंकको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । महालक्ष्मी विकास बैंकको १० लाख कित्ता र लुम्बिनी विकास बैंकको १० लाख कित्ता ऋणपत्र बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

महालक्ष्मी विकास बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदर भएको ‘११% महालक्ष्मी डिवेन्चर २०८९’ नामक ऋणपत्र सूचीकृत भएको छ । बैंकले २०७९ चैत २९ देखि बैशाख १३ गतेसम्म उक्त ऋणपत्र निष्कासन गरी बाँडफाँड गरेको थियो । बैंकले एनआइसी एसिया क्यापिटल लिमिटेड मार्फत सर्वसाधारणमा ऋणपत्र बिक्री गरेको थियो ।

त्यस्तै लुम्बिनी विकास बैंकको आगामी १० वर्षसम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजदर भएको ‘एलबिबिएल डिवेन्चर २०८९’ नामक ऋणपत्र सूचीकृत भएको हो । बैंकले २०८० जेठ १६ देखि २५ गतेसम्म उक्त ऋणपत्र निष्कासन गरी जेठ ३२ गते बाँडफाँड गरेको थियो । बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड मार्फत सर्वसाधारणमा ऋणपत्र आह्वान गरेको थियो ।

बुधबार सूचीकृत भएका दुबै बैंकको ऋणपत्र आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि योग्य भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।