सन नेपाल लाइफको आइपीओ बाँडफाँड, कतिले पाए ?


सन नेपाल लाइफको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । धितोपत्र निष्कासन तथा बाँडबाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले शुक्रबार आइपीओ बाँडफाँड गरेको हो ।

कम्पनीको आईपीओ १० कित्ताका दरले ७ लाख ६८ हजार आवेदकले पाएका छन् । १४ लाख ६६ हजार ८६२ जनाको आवेदन परेकामा ६ हजार ८०१ जनाको आइपीओ रद्द भएको छ । १४ लाख ६० हजार ६१ वटा आवेदन सदर भएकोमा  तीमध्ये गाेलाप्रथामार्फत ७ लाख ६८ हजारलाई आइपीओ वितरण गरिएको हो । सदर आवेदकमध्ये नै ६ लाख ९२ हजार ६१ आवेदककाे हात खाली भएकाे छ ।

कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म ७६ लाख ८० हजार कित्ता आइपीओ सर्वसाधारणलाई प्रिमियम भाउमा बिक्री खुला गरेको थियो ।कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल ९६ लाख कित्ता निष्कासन गरेको थियो ।

जसमध्ये ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँड भैसकेको छ । सामुहिक लगानी कोषका लागि ४ लाख ८० हजार कित्ता र कम्पनीका कर्मचारीहरुका लागि ४ लाख ८० हजार कित्ता सुरक्षित राखेको थियो । बाँकी ७६ लाख ८० हजार कित्ता बिक्रीका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा सेयर बिक्री गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।