लाभांश पारित गर्न सनराइज क्यापिटलले डाक्यो साधारण सभा


सनराइज क्यापिटल लिमिटेडले असोज १० गते साधारण सभा आह्वान गरेको छ । क्यापिटलले लाभांश पारित गर्न आफ्नो कार्यालय,कमलपोखरी, काठमाण्डौंमा तेह्रौँ वार्षिक साधारण सभा डाकेको हो । सभा बिहान साढे १० बजे सुरु हुनेछ।

यसका साथै सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

सभाले सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट एक आपसमा मर्ज हुने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।