मिड सोलु हाइड्रोपावरको आईपीओको नतिजा कसरी हेर्ने ?

0
Shares

मिड सोलु हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँड सम्पन्न भएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा ९५ प्रतिशत आवेदकको हात खाली भएको हो ।

बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार योग्य लगानीकर्तामध्ये नै १२ लाख २० हजार ७०२ जना (९५.१५%) आवेदकको हात खाली भएको छ । सदर आवेदक ५ प्रतिशतले मात्र सेयर पाएका छन् । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको सेयर बाँडफाँडमा गोलाप्रथाबाट ६२ हजार ११७ जनाले १० कित्ताका दरले ६ लाख २१ हजार १७० कित्ता आईपीओ प्राप्त गरेका छन् । यसरी बाँडफाँड गरी बाँकी रहेको २ कित्ता सेयर गोलाप्रथाबाट १० कित्ता सेयर पाउनेमध्ये २ जनाले थप १-१ कित्ता गरी ११ कित्ता हात पारेका छन् ।

कम्पनीको आईपीओ बाँडफाँडको नतिजा केही समयपछि प्रकाशित हुने छ । आईपीओ बाँडफाँडको नतिजा विभिन्न चार स्थानबाट हेर्न सकिन्छ ।

१. सिडीएससीले आईपीओ हेर्नकै लागि सञ्चालनमा ल्याएको वेवसाइट
२. बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडको वेवसाइट
३. मेरो सेयर मोबाइल एप तथा वेवसाइटबाट एप्लीकेशन रिर्पोट
४. सेयर निष्कासनकर्ता कम्पनी  मिड सोलु हाइड्रोपावर लिमिटेडको वेवसाइट

लगानीकर्ताले सिडीएससीले आईपीओ हेर्नका लागि सञ्चालनमा ल्याएको वेवसाइट मार्फत आईपीओ निष्कासनकर्ता कम्पनी मिड सोलु हाइड्रोपावर छनौट गरेर १६ अंकको हितग्राही (डिम्याट) खाता नम्बर तथा क्याप्चा नम्बर राखेर आईपीओ परेको वा नपरेको हेर्न सक्नेछन् । साथै बिक्री प्रबन्धकको वेवसाइट मार्फत आईपीओ निष्कासनकर्ता कम्पनी र डिम्याट खाता नम्बर राखेर पनि नतिजा हेर्न सक्नेछन् ।

यसैगरी मेरो सेयरको वेवसाइट तथा मोबाइल एपबाट आफूले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर समेत आईपीओ बाँडफाँडको नतिजा हेर्न सकिने छ । यस स्थानबाट माथिका दुई स्थानभन्दा ढिला मात्र नतिजा थाहा पाउन सकिन्छ । सेयर निष्कासनकर्ता कम्पनीको वेवसाइटबाट गएर समेत मागिएको विवरण भरेर नतिजा थाहा पाउन सकिने बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।