बन्दीपुर केबलकारको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडबीच सम्झौता भएको हो ।
सम्झौता पत्रमा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट सञ्चालक शिव प्रसाद शर्मा र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् ।
बन्दीपुर केबलकारले अंकित मूल्य १०० रुपैयाँ दरका २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया