सोनापुर मिनरल्सको आईपीओ आज बाँडफाँड हुने


सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड हुने भएको छ ।बिक्री प्रबन्धक एनआईएमबि क्यापिटलका अनुसार आज बिहान ९ बजे बाँडफाँड गरिन लागिएको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम हुने बाँडफाँडमा ९ लाख ७३ हजार २५४ जना लगानीकर्ताले मात्र आईपीओ हात पार्नेछन् । जसमध्ये भाग्यमानी चार जना लगानीकर्ताले थप १–१ कित्ता गरी ११ कित्ताका दरले ४४ कित्ता र ९ लाख ७३ हजार २५० जनाले १० कित्ताका दरले ९७ लाख ३२ हजार ५०० कित्ता सेयर पाउनेछन् ।

कम्पनीले असोज १४ देखि १८ गतेसम्म सर्वसाधारणका लागि प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसा दरमा ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर खरिदका लागि आह्वान गरेको थियो ।

सीडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिन बिहीबारसम्म ११ लाख १३ हजार ८५५ वटा आवेदन मार्फत १ करोड ४७ लाख ६५ हजार १२० कित्ता खरिदका लागि ३ अर्ब ५० करोड ७८ लाख ९७ हजार २१० रुपैयाँ बराबरको आवेदन परेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।