ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड-१ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१’ को लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन हो । योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटलले फन्डको लाभांश वितरणका लागि असोज २५ गते बिहीबार इकाईधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको हो । जस अनुसार असोज २४ गते बुधबारसम्म नेप्सेमा कायम इकाइधनीहरुले यो योजनाको लाभांश पाउनेछन् ।

आर्थिक वर्ष २०७९–८० बाट योजनाका इकाइधनीहरुका लागि करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ ।जसअनुसार इकाइधनीहरुलाई कुल ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ वितरण हुनेछ ।

ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१’ फन्ड ग्लोबल आईएमई म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सामुहिक लगानी कोष योजना हो । यस योजनाको कोष प्रवद्र्धकमा ग्लोबल आईएमई बैंक र कोष व्यवस्थापक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।