एनआईसी एशिया क्यापिटलले मंसिर ४ गतेदेखि एनआईसी एशिया ग्रोथ फण्ड २ निष्काशन गर्ने


एनआईसी एशिया क्यापिटल लिमिटेडले मंसिर ४ गतेदेखि एनआईसी एशिया ग्रोथ फण्ड २ निष्काशन गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गर्न लागेको हो ।

जसमध्ये कुल बिक्री गर्न लागेको इकाईको १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्ने छ ।

सो फण्डको इकाईमा मंसिर ४ गतेदेखि मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा पर्याप्त आवेदन नपरेमा भने निष्काशन अवधि मंसिर १८ गतेसम्म लम्बिने छ ।

उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सकिने छ । उक्त फण्ड अवधि ७ वर्षको हुनेछ ।इन्फोमेरिक्स क्रेडिट रेटिङ कम्पनीले यो योजनालाई ए माइनस रेटिङ प्रदान गरेको छ । यसले योजनाको लगानीमा कम जोखिम रहेको जनाउँछ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो। फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।