निफ्राद्वारा साधारण सभा आह्वान, लाभांश प्रस्ताव पारित गर्ने


नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले साधारण सभा आह्वान गरेको छ । बैंकले पुस १७ गते, अनुपमा फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतलीमा बिहान ९ बजे पाँचौँ वार्षिक साधारण सभा बोलाएको हो ।

 सभाले आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्नेछ । सभाले हाल कायम चुक्ता पूँजीको ४.२१०५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको हो ।

सभामा आर्थिक वर्ष २०७९\८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, सभाले आर्थिक वर्ष २०८०\८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने छ ।

साधारण सभा प्रयोजनको लागि बैंकले पुस ६ गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार पुस ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।