नाडेप लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत


नाडेप लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस सेयर मंसिर १५ गते बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

नेप्सेमा कम्पनीको चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ८ लाख ९ हजार ६०० कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयरधनीहरुको हितग्राही खातामा जम्मा भए पश्चात् खरिद बिक्री गर्न सकिनेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।