नेपाल हाइड्रोले ७.३७ प्रतिशत लाभांश दिने


नेपाल हाइड्रो डेभलोपरले ७.३७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लभांश गरि कुल ७.३७ प्रतिशत लाभांश दिने भएको हो ।

उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस १२ गते लिसारा रिसेप्सन्स नक्साल काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।

सभामा लाभांश पारित गर्नुका साथै आर्थिक वर्ष २०७९\८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८०\८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले मंसिर २५ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार मंसिर २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।