तेह्रथुम पावरले बोलायो साधारण सभा, हकप्रद निष्काशनको प्रस्ताव पारित गर्ने


तेह्रथुम पावर कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीले छैठौँ वार्षिक साधारण सभा पुस २१ गते, शनिबार कम्पनीको कार्यालय, राममन्दिर मार्ग, बत्तिसपुतली, काठमाण्डौँमा दिउँसो साढे १२ बजे बोलाएको हो ।

सभाले चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ । यस्तै सभाले नियमनकारी निकाय वा कार्यालयबाट कुनै पनि विषयमा संशोधन, परिवर्तन तथा कुनै पनि किसिमको निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्ने लगायतका आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर २८ गतदेखि पुस २१ गतेसम्म बुकक्लोज गर्ने भएको छ। जस अनुसार मंसिर २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।