जीवन विकास लघुवित्तले १४.७३% लाभांश दिने


जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १४.७३६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७३६ प्रतिशत नगद लाभांश गरी कूल १४।७३६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।