नेपाल वेयरहाउजिङ्ग, चिरख्वा र भिजन लुम्बिनीको कतिमा खुल्यो पहिलो कारोबार ?


नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल वेयरहाउजिङ्ग कम्पनी, चिरख्वा हाइड्रोपावर र भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको पहिलो कारोबार सुरु भएको छ।

बिहीबार स्पेसल प्रि ओपनिङ सेसनमा नेपाल वेयरहाउजिङ्गको शेयर प्रतिकित्ता २०८ रुपैयाँ ८० पैसामा पहिलो कारोबार भएको छ भने चिरख्वा हाइड्रोपावरको प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको छ। त्यसैगरी, सो सेसनमा भिजन लुम्बिनीको शेयर प्रतिकित्ता ३६५ रुपैयाँ ३० पैसामा किनबेच भएको छ। यी तीनवटै कम्पनीको शेयर पुस ४ गते नेप्सेमा सूचीकृत भएको थियो।

भिजन लुम्बिनीको (भीएलयुसीएल) संकेतमा कारोबार सुरु भएको छ भने चिरख्वाको (सीकेएचएल) संकेतमा यसको कारोबार सुरु भएको छ । यस्तै नेपाल वेयर हाउजिङ कम्पनीको कारोबार संकेत (एनडब्लुसीएल) रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।