फरवार्ड लघुवत्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?


फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २७ गते, शुक्रबार साभारण सभा आह्वान गरेको छ । लघुवित्कोे बिहीबार बसेको सञ्चालक समितिको १४३ औँ बैठकले दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा एघारौँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले २०७९\८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने छ । यस्तै सभाले अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस १८ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।