गुडविल फाइनान्सका सेयरधनीको हात खाली


गुडविल फाइनान्सले गत आर्थिक वर्षको मूनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

फाइनान्सले सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जनाएको छ । गुडविल फाइनान्सले अघिल्लो आर्थिक वर्ष २०७८\७९ मा पनि लाभांश वितरण गरेको थिएन ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ