तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम


हाथवे इन्भेष्टमेन्ट कम्पनी,  फर्स्ट माइक्रोफाइनान्स र तारागाउँ रिजेन्सी हाेटलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ तीनवटै कम्पनीले बिहीबार बुकक्लोज गर्दैछन् । यस अनुसार आज बुधबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभा तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

हाथवेले हाल कामय चुक्ता पुँजीको १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये १० प्रतिशत बोनस सेयर रहेको छ भने ०.५२६ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २६ गते, बिहीबार लैनचौर ब्याङ्क्वेट, लैनचौर काठमाण्डौंमा १५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे सुरू हुनेछ ।

त्यसैगरी, फर्स्ट माइक्रोफाइनान्सले सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ७.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभाले लघुवित्तको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चाचलकहरुको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

कम्पनीले पुस २८ गते, शनिबार आम्रपाली व्याङ्केट, भाटभटेनी, काठमाण्डौंमा चौधौं वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे सुरु हुनेछ ।

यता तारागाउँ रिजेन्सीले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले नगद लाभांश र ४ प्रतिशतका दरले बोनस सेयर गरी कुल १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । सभाले पुस २४ गते, नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा २७ औँ साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।