माछापुच्छे बैंकको संस्थापक सेयर बिक्रीमा


माछापुच्छे बैंकले १ लाख २१ हजार ८२१ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।  बैंकले छुट्टा छुट्टै सूचना प्रकाशित गरी संस्थापक सेयरधनी दीपक राज दलीको नाममा रहेको ५९ हजार ६५६ कित्ता र इन्दु कुमारी कार्कीको नाममा रहेको ६२ हजार १६५ कित्ता सेयर बिक्रीमा ल्याएको जानकारी दिएको हो ।

दीपक राज दलीको नाममा रहेको ५९ हजार ६५६ कित्ता सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् भने इन्दु कुमारी कार्कीको नाममा रहेको ६२ हजार १६५ कित्ता सेयरमा संस्थापक सेयरधनी लगायत अन्य व्यक्ति, संस्था वा कम्पनीले पनि आवेदन दिन सक्ने छन् ।

संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिनु पर्ने छ भने अन्य व्यक्ति, संस्था वा कम्पनीले ७ दिनभित्र आवेदन दिनु पर्ने छ ।

लगानीकर्ताले तोकिएको समयभित्र माछापुच्छ्रे क्यापिटल लिमिटेडको सुन्धारा स्थित बाघ दरबार जे डि ए माछापुच्छ्रे बैंकको शेयर विभागमा पुग्ने गरी आवेदन दिनु पर्ने छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।