नोक्सानी सुधारेपनि खर्च बढेपछि बाराही हाइड्रोपावर नोक्सानीमै

0
Shares

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नोक्सनीमा नै रहेको छ । अघिल्लो पुसको तुलनामा सञ्चालन, ह्रासकट्टी र अमोटाइजेशन खर्च बढेपछि कम्पनीले नोक्सानीमा सुधार गरेपनि नाफामा पुग्न नसकेको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा ५५ लाख ६८ हजार रुपैयाँ घाटामा रहेको कम्पनी २०८० पुसमा आइपुग्दा १२ लाख ३० हजार रुपैयाँ नोक्सानीमा रहेको छ । कम्पनीले ६ महीना अवधिमा केही वृद्धि गर्दै २ करोड १० लाख ११ हजार रुपैयाँको विद्युत बिक्री गरेको छ । यस्तै कम्पनीको वित्तीय खर्च १९ लाख घटेर १ करोड २१ लाख कायम हुँदा प्रशासनिक खर्च साढे ३० लाखले घटेर ११ लाख ४४ हजार कायम भएको छ । तर कम्पनीको सञ्चालन खर्च ७ लाख ७५ हजार बढेर २६ लाख ६८ हजार रुपैयाँ पुगेको छ । यस्तै अमोटाइजेशन करिब ७ लाख बढेर ६२ लाख ४९ हजार पुगेको छ ।

चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी ४९ पैसा नोक्सानीमा रहँदा प्रतिसेयर नेटवर्थ ५७ रुपैयाँ छ । यस्तै जगेडा कोष १० करोड ७४ लाख ९३ हजार रुपैयाँले ऋणात्मक छ । बाराही हाइड्रोपावर कम्पनी चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद बिक्री तयारीमा छ । कम्पनीसँग १९ करोड बढीके ऋण दायित्व छ ।

बाराही हाइड्रो पावर पब्लिक लिमिटेडले बागलुङको कुस्मिसेरामा १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । कम्पनीले २०७४ असार २४ गतेदेखि ठेउले खोला जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन गर्दै आएको छ ।

बाराही हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।