नेप्सेमा २ करोड ९ लाख कित्ता बोनस सेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ करोड बढी कित्ता बोनस सेयर सूचीकृत भएको छ । दुई विकास बैंक सहित ६ कम्पनीको २ करोड ९ लाख ३४ हजार १४१ दशमलव २२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । चिलिमे जलविद्युत कम्पनी, सानिमा माइ हाइड्रोपावर, गरिमा विकास बैंक, स्वावलम्बन लघुवित्त, हिमालयन डिस्टीलरी र सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो ।

हेर्नुहोस् कुन कम्पनीको कति भयो सूचीकृतः

चिलिमे जलविद्युत कम्पनीः
चुक्ता पुँजीको १० प्रतिशत बराबरको ७२ लाख ५८ हजार १८० कित्ता बोनस सेयर

सानिमा माइ हाइड्रोपावरः
चुक्ता पुँजीको १० प्रतिशत बराबरको ३० लाख ८९ हजार २५२ कित्ता

गरिमा विकास बैंकः
चुक्ता पुँजीको ९.५० प्रतिशत बराबरको ४९ लाख २८ हजार ३०२ दशमलव ७१ कित्ता बोनस

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाः
चुक्ता पुँजीको १२.३५९९ प्रतिशत बराबरको १५ लाख ९५ हजार ४५ कित्ता बोनस

हिमालयन डिस्टीलरी लिमिटेडः
चुक्ता पुँजीको १० प्रतिशत बराबरको २४ लाख २९ हजार ५६६ दशमलव ६५ कित्ता बोनस

सांग्रिला डेभलपमेन्ट बैंकः
चुक्ता पुँजीको ५ प्रतिशत बराबरको १६ लाख ३३ हजार ७९५ दशमलव ८६ कित्ता बोनस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।