दुई जलविद्युत कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार दुई जलविद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार चिलिमे जलविद्युत कम्पनी र सानिमा माई हाइड्रोपावरको दुबैको १० प्रतिशतका दरको बोनस आज सूचीकृत भएको हो ।

नेप्सेका अनुसार चिलिमे जलविद्युत कम्पनीको ७२ लाख ५८ हजार १८० कित्ता र सानिमा माई हाइड्रोपावरको ३० लाख ८९ हजार २५१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बुधबार नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खाता (डिम्याट) मा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

सानिमा माई हाइड्रोपावरको २०८० कार्तिक २३ गते सम्पन्न बाह्रौं वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत र चिलिमे जलविद्युतको २०८० पुस २० गते सम्पन्न २७ औं वार्षिक साधारण सभाबाट १० प्रतिशत बोनस सेयर पारित भएको थियो ।

साधारण सभाका लागि तोकिएको बुकक्लोज अनुसार सानिमा माईको बोनस सेयर असोज २३ गते मंगलबारसम्म तथा चिलिमेको पुस ५ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र पाउनेछन् । चिलिमेको बोनसमा लाग्ने कर प्रयोजन सहितको ५ प्रतिशत नगद लाभांश यसअघि पुस २९ गतेदेखि नै वितरण भैसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।