गरिमा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

0
Shares

गरिमा विकास बैंक लिमिटेडको बोनस सेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।  बैंकको चुक्ता पुँजीको ९.५० प्रतिशतले हुन आउने ४९ लाख २८ हजार ३०२ दशमलव ७१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकरण भएको हो ।

आर्थिक वर्ष २०७९–८० बाट बैंकले चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश दिएको थियो । सोही बोनस आज नेप्सेमा सूचीकृत भएको हो । पुस२ ९ गते सम्पन्न भएको १७ औं वार्षिक साधारण सभाले सो बोनस वितरणको प्रस्ताव पारित गरेको थियो ।

बोनस सेयर वितरणपछि गरिमा विकास बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ५०० रुपैयाँ रुपैयाँ पुगेको छ । उक्त कम्पनीको सेयर सोमबार प्रतिकित्ता ३८२.८० रुपैयाँमा कारोबार भएको छ ।

सोमबार सुचीकृत बोनस सेयर बुकक्लेजको अघिल्लो दिनसम्म कायम सेयरधनीले डिम्याट खातामा जम्मा भएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् । बैंकको बोनस सेयर पुस १६ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।