सामाजिक सुरक्षा भत्ता वितरणलाई वर्गिकरण गर्न आवश्यक छः पूर्वगभर्नर क्षेत्री

सामाजिक सुरक्षा भत्ता वितरणलाई वर्गिकरण गर्न आवश्यक छः पूर्वगभर्नर क्षेत्री

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सामाजिक सुरक्षा भत्तामा वर्गिकरण गर्न आवश्यक रहेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा सरकारले संसदमा पेस गरेको बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा बोल्दै पूर्वगभर्नर क्षेत्रीले समाजवाद उन्मुख अर्थतन्त्र भन्दै गरिएको सामाजिक सुरक्षा भत्ता वितरणलाई वर्गिकरण गर्न आवश्यक रहेको बताए ।

सरकारले अब सामाजिक सुरक्षा भत्तामा वर्गिकरण नगरे रकमको व्यवस्था गर्न नसक्ने तथा विदेशीसँग माग्नुपर्ने अवस्था रहेको बताउँदै क्षेत्रीले सामाजिक सुरक्षा भत्तालाई अहिलेकै अवस्थामा निरन्तरता दिँदा बजेट फेल हुने दाबी गरे । पर्याप्त आम्दानी र सरकारको पेन्सन खानेहरुलाई सामाजिक सुरक्षा भत्ताको दायराबाट हटाउनुपर्ने उनको सुझाव छ ।  अर्थतन्त्र बलियो बनाउनको लागि आर्थिक मात्रै नभएर सरकारको परराष्ट्र र सुरक्षा नीतिमा पनि एक रुपकता हुन जरुरी रहेको उनको बुझाई छ । सम्पूर्ण राजनीतिक दलले मुलुकको आर्थिक नीतिको मोडलमा एउटै धारणा बनाउनुुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

फाइल फाेटाे

सरकार परिवर्तन भए पनि आर्थिक नीतिलाई आधार बनाएर नीति कार्यक्रम र बजेट ल्याउने सकिने अवस्था हुनुपर्ने क्षेत्रीले बताए । उनले आर्थिक मोडलमा प्राकृतिक स्रोत साधनको प्रयोग र राजश्व संकलनलाई आधारमा बजेट बनाउन आवश्यक रहेको बताए । राजश्व संकलनमा समस्या आएको भन्दै सरकारले खर्च कटौती गर्ने दिशामा जानुपर्ने क्षेत्रीको भनाइ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २० फागुन २०८०, आइतबार १८ : २४ बजे