विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाको करिब ७ करोड रकम हिनामिना गरेको आरोपमा कास्की प्रहरीले सुवर्णमान नकर्मीसहित ३ जनालाई पक्राउ गरेको छ ।
पोखरा ९, न्यूरोडमा कार्यालय रहेको उक्त सहकारी ठगी प्रकरणमा प्रहरीले ५६ वर्षीय अध्यक्ष नकर्मीसहित सहकारी सञ्चालक समिति सदस्य एवं ऋण समिति संयोजक ३३ वर्षीय कृष्णमान श्रेष्ठ र ४५ वर्षीय उदित सन्दीप पौडेललाई आइतबार पक्राउ गरेको हो ।
कास्की जिल्ला अदालतबाट सहकारी ठगी सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।
सहकारी समितिका पदाधिकारीसमेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको, सहकारी रकम हिनामिना, अपचलन एवं ठगी गरेको भनी सहकारी रजिष्ट्रार कार्यालय पोखरामा जाहेरीको आधारमा मुद्दा दर्ता भएको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
