विद्युतीय कारोबार बढ्दै, माघमा मात्रै ४५ खर्बको कारोबार

विद्युतीय कारोबार बढ्दै, माघमा मात्रै ४५ खर्बको कारोबार

राष्ट्र बैंकले लेस क्यासको अवधारण सहितको नीति अबलम्बन गर्न थालेपछि पछिल्ला दिनहरुमा विद्युतीय प्रणाली मार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि हुँदै आएको छ ।

राष्ट्र बैंकका अनुसार माघ महीनामा ४५ खर्ब ४ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । गत माघ महिनामा १० करोड ४८ लाख ६५ हजार ३३४ पटक विद्युतीय माध्यमबाट लेनदेन हुँदा ४५ खर्ब ४ अर्ब ३ करोड ९० लाख रुपैयाँको कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

माघमा ठूला भुक्तानीमा प्रयोग हुने रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम अर्थात आरजीटीएसबाट मात्रै २८ खर्ब २२ अर्ब ८६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आरजीटीएस ठूला रकमको भुक्तानीका लागि एउटा बैंकबाट अर्को बैंकमा तुरुन्तै रकम भुक्तानी गर्ने प्रणाली हो ।

यस्तै एटीएममार्फत माघ महीनजामा ४ खर्ब ७९ अर्ब २९ करोड १० लाख रुपैयाँ, इन्टरनेट बैंकिङ मार्फत २३ अर्ब ८७ करोड २० लाख, मोबाइल बैकिङ मार्फत १३ अर्ब ७८ करोड ७० लाख रुपैयाँ कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेयर धितोमा जाने कर्जा सात महिनामा ११.६० प्रतिशतले बढेको छ । माघ मसान्तसम्म सेयर धितोकर्जा ८५ अर्ब १७ करोड २० लाख रुपैयाँ प्रवाह भएको छ । गत असार मसान्तसम्म यस्तो कर्जा ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ प्रवाह भएको थियो । सात महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितो कर्जामा थप आठ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ प्रवाह भएको हो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत सेयर कारोबारका लागि एक व्यक्तिले लिन पाउने मार्जिन प्रकृतिको कर्जा ३ करोड र संस्थागत लगानीकर्तातर्फ ८ करोड रुपैयाँलेवृद्धि गरेपछि मार्जिक कर्जामा वृद्धि भएको हो । हाल एकाघरका व्यक्तिले अधिकतम १५ करोड तथा संस्थाले २० करोड रुपैयाँ मात्रै कर्जा लिन पाउने व्यवस्था छ । लगानीकर्ताले सेयर कर्जामा १५ र २० करोडको सीमा हटाउनुपर्ने माग गर्दै आएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ फागुन २०८०, सोमबार १८ : ५७ बजे